पेट्रोलको पाइपलाइन आपूर्तिको तयारी पूरा, उपभोक्तालाई प्रतिलिटर १.५० पैसा राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आगामी सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ ।

यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मटितेलसमेत पाइप लाइनबाट आयात गर्न लागिएको हो । नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको हो ।

पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने नेपाल आयल निगमले जनाएको छ ।

पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपैयाँ र वार्षिक ६० देखि ७० करोड रुपैयाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ । हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्रबाट आयात भइरहेको छ ।

यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो । निगमले २०७६ देखि नै पाइप लाइनमार्फत डिजेल आयात गरिरहेको छ ।

पाइप लाइनबाट बजार माग अनुसार दैनिक छ हजार किलोलिटर पेट्रोल आयात गरिने कार्यालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।