नेप्सेमा निरन्तर गिरावट, केही कम्पनीमा सकारात्मक सर्किटले चमक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको छ । पछिल्ला ४ कारोबार दिनमा नेप्से ४० अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८५ करोडले घटेर ८ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले बढेको छ भने विकास बैंक समूह १.३५ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सीईडीबी होल्डिङ्सको ३० करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज सप्तकोशी डेभपलमेन्ट बैंकका सेयरधनीले भने सर्वाधिक ६.५२ प्रतिशत गुमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।