मानव विकास सूचकाङ्क सुधार हुँदै गएको छ: परराष्ट्रमन्त्री डा राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा मानव विकास सूचकाङ्क पहिलाभन्दा सुधार हुँदै गएको बताकी छिन्।

धनगढी उपमहानगरपालिका–२ कार्यालयको प्रशासनिक भवनको आज उद्घाटन गर्दै मन्त्री डा राणाले मानव विकास सूचकाङ्क सुधार हुन जरुरी रहेको बताइन्। उनले भनिन्,’पूर्वाधारहरुको मात्र होइन, सामाजिक, मानवीय विकासलगायत अन्य सूचकको पनि विकास हुनु जरुरी छ ।’

मन्त्री डा राणाले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक भएको बताइन्। ‘विकासको प्रक्रिया भनेको आजको भोलि टुङ्गिँदा पनि टुङ्गिँदैन  र अझ बस्ती बढ्दै जान्छ, कहीँ पुरानो बस्ती छुटेको हुन्छ, जसले गर्दा विकासको क्रम चाहिँ हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ’, उनले भनिन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।