मुटुरोग विशेषज्ञ डा अवनिभूषणको ‘मान्छेको मुटु’ पुस्तक सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ मुटु रोग विशेषज्ञ डा अवनि भूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक गरिएको छ ।

आज आयोजित समारोहमा पुस्तकका प्रकाशक इदा उपाध्याय, वरिष्ठ फिजिसियन डा सत्यनारायण सुवाल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा रत्नमणि गजुरेल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, साहित्यकार राजेन्द्र थापा, लेखक तथा सम्पादक लक्ष्मण अधिकारीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

डा रेग्मीले मुटुसँग सम्बन्धित वैज्ञानिक, प्राविधिक, आध्यात्मिक, भावनात्मक सबै पाटो जोडिएर पुस्तक लेखिएको बताए ।

उनले भने, ‘जीवनको सुरुआत नै मुटुको धड्कनबाट हुन्छ र अन्त्य पनि यसैबाट । पुस्तकमा मुटुबारे विविध जानकारी हुनाका साथै मन र आत्माबारे चर्चा छ । प्रश्नोत्तर शैलीमा लेखिएको पुस्तक रोचक छ ।’

साहित्यकार थापाले पुस्तकले आम पाठकले बुझ्ने गरी मुटुसम्बन्धी सरल भाषामा जानकारी प्रस्तुत गरिएको बताए ।

उनले पुस्तकले मेडिकलभन्दा पनि आम मानिसका मुटुसम्बन्धी जिज्ञासालाई प्रश्नोत्तरमार्फत मनका कुरा रोचक ढङ्गले लेखिएको र यो सबैका लागि उपयोगी भएको बताए ।

गैर आख्यान विधाको यो पुस्तक ३१० पृष्ठको छ । साढे चार दशकदेखि मुटु उपचार संलग्न डा उपाध्यायको यसअघि ‘मुटुसँग सहयात्रा’ नामक पुस्तक प्रकाशन भइसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।