सातै प्रदेशका मुख्यमन्त्रीसँग एक्सन रुमबाट छलफल गर्दै प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे आफूले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै गरेको कुरा प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्।

उनले थालेको काम सक्ने सरकारको प्राथमिकता रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो प्राथमिकता छ- थालेको काम सक्ने। विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानीसमेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ। पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।