दाहालले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेमार्फत नबोल्न सभामुखले बोलाएको बैठकमा आग्रह गरेका थिए। तर पाण्डेले तिन दिनअघि नै समय लिइएको भन्दै अध्यक्ष दाहाल बोल्ने कुरामा अडान कायमै राखेको जानकारी गराएका थिए। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोचपेच गरेर बोलेका कुरालाई अध्यक्ष दाहालले काउन्टर भाषण गर्ने माओवादी केन्द्रका सांसदको दाबी छ।

सरकारले ल्याएको अध्यादेशको प्रतिपक्षी दलहरूले एकजुट भएर चर्को विरोध गर्दै आएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।