चितवन अदालतले रवि लामिछानेलाई पठायो प्रहरी हिरासतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।

बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएकाे जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

बिहीबार १० बजे उपस्थित गराउनेगरी लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको उनले बताए। 

चितवनमा अब लामिछाने मुद्दाको थुनछेक बहस नसकिँदासम्म प्रहरी हिरासतमा रहनेछन्। 

यसअघि रूपन्देही अदालतले लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।