सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा छ : लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले नियमित कामलाई पनि उपलब्धि भनेको बताएका छन्।

शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘सरकारले नियमित कामलाई आफ्नो उपलब्धि भनिरहेको छ। के यो सरकार नभएको भए सिद्धबाबाको त्यो सानो सुरुङ ब्रेक थ्रु हुँदैनथ्यो ? कति मान्छेका लागि रोजगार सृजना गर्‍यो, अर्थतन्त्रमा कति सुधार भयो ? उपलब्धि त यो होला नि त।’

उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको आरोप लगाए। ‘सरकार त भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको छ जस्तो लाग्छ,’ उनले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।