कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  संघीय संसद् प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले आज कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

सभामुख घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ ।  

विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग छलफल गरिरहेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।