अछामका दुई किशोरीको मृत्यु प्रकरण : दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम । अछामको किशोरी मृत्यु प्रकरणमा जोडिएको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाको ढकारी गाउँपालिकाबाट आइतबार साँझ २ जनालाई सोधपुछका लागि पक्राउ गरिएको हो। उनीहरूको पहिचान नखुलाएको प्रहरीले दुवैजना २० वर्षमुनिका भएको भनेको छ। 

शुक्रबार सोही गाउँपालिकाको ढकारी गाउँपालिका–१ मा बाख्रा चराउन गएका १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का शनिवार मृत फेला परेका थिए। 

एकै परिवारका उनीहरूबीच सरस्वती (फुपू) र इशरा (भदैनी) नाता पर्छन्। दुवैको शव स्थानीय सुनघर सामुदायिक बनमा फेला परेको थियो। घटनापछि परिवारले हत्याको आशंका गर्दै छानबिनको माग गर्दै आएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।