एपिएफ एन्फा महिला लिगको फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  विभागी डर्बीमा जित निकाल्दै एपिएफ क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ। 

शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको क्वालिफायर १मा त्रिभुनव आर्मी क्लबमाथि २-१को पुनरागमन जित निकाल्दै एपिएफ फाइनलमा पुगेको हो। 

अब एपिएफले उपाधिका लागि क्वालिफायर २ को विजेतासँग खेल्ने छ। क्वाफिायर २मा आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ।

एपिएफलाई पुनरागमन जित दिलाउन रश्मीकुमारी घिसिङले २ गोल गरिन् भने आर्मीका हिमा चौधरीले गोल गरिन्। 

आठौं मिनेटमा हिमाको गोलमा आर्मीले सुरूवाती अग्रता लियो। ७८औं मिनेटमा आर्मीको डिफेन्सको गल्तीको फाइदा उठाउँदै रश्मीले एपीएफलाई बराबरीमा ल्याइन्। त्यसपछि ८७औं मिनेटमा रश्मीले नै गोल गरेपछि एपिएफले खेल २–१ले जित्यो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।