बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएक छन् ।अध्यक्ष पदका लागि दरखास्त दिने अन्तिम दिन शुक्रबारसम्म १२ जनाले आवदेन दिएका दिएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णु बाबुु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसौला, डिमप्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएका छन् ।

अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा गठित सिफारिस समितिले पुस २६ गते १५ दिनको म्याद राखेर आवेदन माग गरेको थियो ।

प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध मंसिर २४ गते भ्रष्टाचार मुद्दा दायर भएपछि उनी स्वत निलम्बनमा परेका थिए । त्यस यता प्राधिकरणको अध्यक्ष पद रिक्त छ । हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।