माघ १९ गते गजकेशर थामे अधिकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘ गजकेशर थामे अधिकारी कल्याण समाज ’ काठमाडौंमा शुरु गरेको मैत्रीपूर्ण फुटसलको श्रृखला जारी छ।

काठमाडौंको टोखा नगरपालिकास्थित भत्केको पुलमा रहेको फ्रेण्ड स्टार फुटसलमा माघ १९ गते, शनिबार दिउँसो ०३:०० बजेदेखि साँझ ०४:०० बजेसम्म हुने दोस्रो मैत्रीपूर्ण फुटसल खेलमा आयोजक गजकेशर थामे अधिकारी कल्याण समाज मार्पाकका बिरुद्ध पुख्री युवा क्लब बीच प्रतिस्पर्धा हुने गजकेशर मैत्रिपूर्ण फुटसलका संयोजक काजिराम अधिकारी क्षेत्रीले जानकारी दिए।

अहिलेसम्म मैत्रिपूर्ण फुटसल खेल खेल्नका लागि जिल्लाभरका कुल ७ टिमले टिम दर्ता गराएको र यस मैत्रिपूर्ण फुटसललाई भोलिका दिनहरुमाबाट खुल्ला प्रतियोगिताको रुपमा विकास गर्ने लक्ष्य रहेको समेत अधिकारीले बताए।

यस गजकेशर मैत्रीपूर्ण फुटसलको श्रृखलालाई मार्पाक सामुदायिक क्लबले व्यवस्थापन गरेको छ, भने होटल भिस्टा एण्ड गेष्ट हाउस कलंकीले सपोर्ट गरेको छ । यस्तै, न्यू जुम फोटो स्टुडियोले प्रिन्टिङ्ग सपोर्ट गरेको छ, भने मैत्रीपूर्ण फुटसल प्रतियोगिताको मिडिया पार्टनरमा जन अपडेट डटकम रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।