महानगर यातायातले एकैपटक थप्यो ४० बस, धुलिखेलसम्म चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगर यातायातले प्रालिले एकैपटक ४० वटा ठूला बस थपेको छ । महानगरले बिहीबारदेखि थप ४० वटा बस सञ्चालनमा ल्याएको छ हो ।

महानगरले टाटा मोटर्सद्धारा उत्पादित ठूला बस संचालनमा ल्याएको हो । २० करोड लगानीमा उक्त बस सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाइ साढे ८ मिटर छ। यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिए।

नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो।

कम्पनीले आगामी दुई महिनाभित्रमा १० वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।

कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने समेत घोषणा गरेको छ। त्यसपछि आइपीओ जारी गर्ने कम्पनीको योजना छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।