नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार सगरमाथा जलविद्युत् कम्पनी र साहस ऊर्जाले गत वर्षको नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सगरमाथाको ४.७५ प्रतिशत (५ लाख ३२ हजार कित्ता) र साहसको ८ प्रतिशत (२८ लाख कित्ता) बोनस सेयर सूचीकृत भएको हो।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।