अग्राधिकार सेयर जारी गर्न कामना सेवाले पायो राष्ट्र बैंकबाट स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकलाई नेपाल राष्ट्र बैंकले अविमोच्य अग्राधिकार सेयर (सेयर रकम फिर्ता नहुने) जारी गर्न स्वीकृति दिएको छ ।

राष्ट्र बैंकले कामनालाई ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिएको हो ।

बैंकले यसअघि १८औं साधारणसभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ ।

बैंकले गत असार १७ गते वार्षिक ९ प्रतिशत प्रतिफल पाउने गरी ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । यद्यपि, नाफा कमाएको वर्ष मात्रै लाभांश दिने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत पूँजीकोषको दबादमा रहक बैंक तथा वित्तीय संस्थाले अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो । गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।