गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको छ  ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश प्रमुख समक्ष आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अब प्रदेश मन्त्री परिषदको सिफारिश वमोजिम आगामी माघ २१ गतेका लागि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने छन ।

प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको बैठकमा केही अघि जानकारी गराएका थिए ।

एकल अधिकारका सूची र केही साझा अधिकार सूचीमा रहेका विषयमा समेत विधेयक बनाएर सदनमा लैजाने तयारीमा सरकार छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।