महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा राइड सेयरिङ एप इनड्राइभ चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराल छन्। उनलाई मंगलबार काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

उनीविरूद्ध एक महिलाले आफूमाथि यौन दुर्व्यहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

बराललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।