आयात ७ प्रतिशतले बढ्यो, व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आयात ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक गरेको छ। 

तथ्याङ्क अनुसार मुलुको व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्ममा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ। गत आर्थिक वर्ष सोही अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख बराबर व्यापार घाटा थियो। विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ७.०६ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको तथ्याङ्क छ। 

तथ्याङ्क अनुसार बजारमा वस्तुको माग बढेको छ। गत पुसमा १ खर्ब ६१ अर्ब बराबर आयात भएको छ। यो गत मंसिरको दाँजोमा १३ अर्ब रुपैयाँले बढी हो। यस्तै, निर्यात पनि उल्लेख्य रुपमा बढेको छ।

विभागकाअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको अवस्था थियो।

यस अवधिमा २० अर्ब १७ करोड रुपैयाँ बराबर कच्चा भटमास तेल आयात भएको छ। गत ६ महिनामा १८ अर्ब ९१ करोड बराबर भटमास तेल निर्यात भएको छ भने ४ अर्ब ९८ करोड बराबर सनफ्लावर तेल निर्यात भएको छ।

विभागको तथ्याङ्कले कच्चा सनफ्लावर तेल ११ अर्ब ६७ करोड, डिजेल ५४ अर्ब ३६ करोड, पेट्रोल ३२ अर्ब १४ करोड र खाना पकाउने ग्यास २९ अर्ब ७९ करोड रुपैयाँ बराबर आयात भएको देखाएको छ।

यस अवधिमा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबर वस्तु निर्यात भएको छ। गत आर्थिक वर्ष सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।