सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं. ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरू गर्ने योजना जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा एटीएम संचालनमा रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।