काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशत, कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशत र सञ्चालन मुनाफा ९०.४० प्रतिशत घटेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३.५६ रुपैयाँ घटेर २.०३ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ ।
Comment