क्रिकेट सन्दीपको सन्यास लिने संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट करिअरबाट सन्यास लिने संकेत गरेका छन्।

लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ।

सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन्। उनले लेखेका छन्- सबैजनालाई यो सबै कुराको लागि धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ। यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ।

सामाजिक सञ्जालमा उनको उक्त पोस्ट पछि धेरै समर्थकहरुले सन्दीपले नेपालबाट सन्यास लिएर अर्को कुनै देश बाट क्रिकेट खेल्न लागेको शंका पनि व्यक्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।