बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० देखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ।

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। ‘प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ,’ सभामुख पाठकले भने, ‘प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौँ। सम्भवतः आइतबार वा सोमबारसम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला।’

गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो। सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियो भने पाँचवटा विधेयक समितिमा पठाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।