आज चारवटा संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । 

आज अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, बिहान ११ बजे नै बस्न लागेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन ९कोप २९० को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यसूचि छ ।

त्यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे बस्दै छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।