आशिका तामाङ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ आशिका तामाङ पक्राउ परेकी छन्।

पशुपति मन्दिर परिसरमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरी वृत्त गौशालामा राखि थप अनुसन्धान भइरहेको जनाइएको छ।

पुस २५ गते प्रहरी प्रतिवेदन तथा २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरीको आधारमा उनलाई प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको हो।

गत पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट पक्राउ अनुमति लिएर आज (माघ २ गते) स्वयम्भु क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।