देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले देशलाई उत्पादन केन्द्रका रुपमा परिणात गर्नुपर्ने बताएका छन्। 

बुधबार उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा प्रधानमन्त्रीलाई धन्यावाद दिने कार्यक्रममा बोल्दै उनले देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्ने बताएका हुन्। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले गर्नुपर्ने आयात भन्दा पनि नगर्नुपर्ने आयात बढी गरिरेहेको बताएका छन्। 

‘अर्थतन्त्रको बारेमा जति मलाई थाहा छ त्यो भन्दा बढि उद्योगी व्यवसायीहरुलाई थाहा छ। खासगरी अर्थतन्त्रको मौद्रिक नीति कस्तो छ? हाम्रो लगानीको स्थिति कस्तो ? आयातको स्थिती के छ? निर्यातको  स्थिती के छ ? के के क्षेत्रमा आयात हुन्छ र के के क्षेत्रमा निर्यात हुन्छ। कुनकुन आयात अनिवार्य र उपयोगी आयात हो त्यो नगरी हुँदैन हाम्रो विकासका लागि। त्यो चिजलाई बढावा दिनुपर्छ । आयात घटाउने भनेका छौं हामीले केही आयात नगरी हुँदैन,’ उनले भने।

नेपालमा गर्नुपर्ने आयातभन्दा नगर्नुपर्ने आयात बढि भइरहेको बताउँदै त्यसकारण उपभोक्ता बजारभन्दा  हामीले उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्ने उनले बताए। 

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने बताए। उनले अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रको समेत भूमिका  जरुरी रहेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।