सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको हो।

महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच सोमबार  चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।