नेपाल माइक्रो इन्स्योरेन्सले पायो आइपीओ बिक्री गर्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ जारी गर्न पुस २५ गते अनुमति दिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

सो अनुसार कम्पनीले अब प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।