वायुसेवा निगमको अध्ययन गर्न उपसमिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगमको अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकले रास्वपाका सांसद शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमिति सदस्यमा कांग्रेसका सांसद योगेश गौचन थकाली, एमालेका सांसद सुनिता बराल र माओवादी सांसद छिरि ल्हामु लामा (तामाङ) रहेका छन् ।

उक्त समितिलाई नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन पेस गर्न समय सीमा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।