सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले यसअघि खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध हटाएको हो ।

निकुञ्जले सबै हेलिकप्टर कम्पनीहरूलाई पत्रचार गर्दै वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर हेलिकप्टर उडान गर्न भनेको हो ।

हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै निकुञ्जले पुस १७ देखि व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको थियो ।

त्यसपछि नेपाल वायुसेवा संचालक संघले उक्त क्षेत्रमा अनिश्चितकालका लागि उडान बन्द गरेका थिए । खुम्बु क्षेत्रमा हेलिकप्टर उाडानमा रोक लगाइएकोपछि सोमबार जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुलले तत्काल उक्त प्रतिबन्ध हटाउन निर्देशन दिएको थियो।

नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्दा विपद्, बिरामी उद्धार, पर्यटन प्रवद्र्धन लगायतमा समस्या उत्पन्न भएको भन्दै यसरी अवरोध गर्नेमाथि कानुन अनुसार कडा कारबाही हुने प्रसाशनले चेतावनी दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।