हिमालयन रि इन्स्योरेन्सको सिइओ उपासना पौडेल विरुद्ध अख्तियारमा उजुरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ८० लाख हिनामिना गरेको आरोपमा हिमालयन रि इन्स्योरेन्सको सिइओ उपासना पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ   ।

उनले तत्कालिन युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी छदा ८० लाख हिनामिना गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता भएको हो ।

उनले कर्मचारीको नाममा ८० लाख एड्भान्स लिएर रुपैयाँ मनपरी गरेको खुलेको थियो । यस विषयमा उपसनाले विजनेश किन्न खर्च गरेको भनेर गैरजिम्बेवारीपूर्ण जवाफ दिएकी थिइन् ।

तत्कालीन युनाइटेड इन्स्यारेन्स र अजोड इन्स्यारेन्स मर्ज भएपछि मात्रै यो घटना पुष्टि भएको थियो । २०७८ बैशाख १६ गते युनाइटेड इन्स्योरेन्स कम्पनीमा सिईओ बनेकी उपसना पौडेल २०७९ कात्तिकमा कम्पनीबाट बाहिरिएकी थिइन् ।

यो विषय तत्कालीन बीमा समिति (अहिलेको बीमा प्राधिकरण) मा समेत पुगेको थियो । प्राधिकरणले छानवीन गरी हिनामिना भएको पुष्टि गर्दै सम्बन्धित ८० लाख रुपैयाँ असुल गरी दोषि कर्मचारीहरुलाई कारबाही गर्न पत्राचार समेत गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।