भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत, ७ रेक्टर स्केल मापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  मंगलवार बिहान काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ । भूकम्पको केन्द्रबिन्दु चीनको चिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो ।

नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।

सामाजिक सञ्जाल प्रयाेगकर्ताले विभिन्न जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे बताएका छन्। एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । 

विगत केही समययता नेपालका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेकाे छ।  भूकम्पबाट क्षति विवरण भने आउन बाँकी छ ।

यो पनि…

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।