सगरमाथा क्षेत्रमा हवाई उडान बन्द गर्ने वायु सेवा संचालकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले सगरमाथा क्षेत्रमा हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा असुरक्षा बढेको भन्दै आजदेखि हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका स्थानीय समूहले धम्की दिएको भन्दै संघले हेलिकप्टर र जहाज उडान अनिश्चितकालका लागि स्थगन गरिएको जनाएको छ ।

हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै निकुञ्जले पुस १७ देखि व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको थियो ।

हाल खुम्बु क्षेत्रका हेलिप्याडमा स्थानीयले आपत्कालीन उडानबाहेक अरू उडान गर्न नपाइने भन्दै झण्डा गाडेर अवरोध गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।