ऊर्जामन्त्रीद्धारा नवीकरणीय ऊर्जा कोषको सदस्यमा शर्मा र यादव नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लगानी समितिको सदस्यमा रोजिना शर्मा र अभिषेक यादव नियुक्त भएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत सञ्चालित उक्त समितिको सदस्यहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज नियुक्त गरेका हुन् ।

ललितपुरका शर्मा र महोत्तरीका यादव दुवैजना एक दशक बढीदेखि नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत छन् । ग्रामीण तथा नवीकरणीय ऊर्जा प्रविधिको क्षेत्रमा अनुदान, भायविलिटी ग्याप फण्डिङ (भीजीएफ) तथा सरल कर्जाको प्रभावकारी परिचालन गर्न वित्तीय व्यवस्थासहितको केन्द्रीय नवीकरणीय ऊर्जा कोषको स्थापना भएको थियो ।

उक्त कोषले नवीकरणीय तथा ग्रामीण ऊर्जा प्रविधिको विकास, प्रवद्र्धन तथा विस्तार गर्न अनुदान, भीजीएफ तथा कर्जा प्रवाह गर्ने, वित्तीय मध्यस्थकर्तामार्फत सहुलियत दरमा उपभोक्ता कर्जा उपलब्ध गराउँदै आएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।

उक्त समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव अध्यक्ष, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सदस्य, अर्थ मन्त्रालयका उपसचिव सदस्य, नेपाल बैँकर्स सङ्घले तोकेको ‘क’ वर्गको निजी क्षेत्रको वाणिज्य बैंकको प्रतिनिधि सदस्य, विकास साझेदारको तर्फबाट नियुक्त एकजना प्रतिनिधि सदस्य र कोषको सचिवालयको प्रमुख सदस्य-सचिव रहने व्यवस्था छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।