सरकार त कति दिन हो हाम्रा लागि के गर्छ भन्ने प्रश्न जनताले उठाउन थाले: उपप्रधानमन्त्री सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश परिवर्तन गर्नको लागि राजनीतिक स्थिरता आवश्यक भएको बताएका छन् । 

बिहीबार नेपाली  कांग्रेसको सय दिने विशेष अभियान अन्तरगत आयोजित क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक भएको भन्दै जनताले प्रश्न उठाउने अवस्था सिर्जना भएको बताए। 

उनले भने, ‘हामीले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । तर अहिले के देखिएको छ भने छिन छिनमा सरकार परिवर्तन हुन्छ त्यसपछि जनताले सरकारको त कति दिन हो हाम्रो लागि के काम गर्छ भन्ने खालको प्रश्न उठाउन थाल्यो ।’

यसको साथै, उनले नेपाललाई संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नै भएको भन्दै संस्थापक नेताहरु जीवन त्याग गरेर प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु सबैको दायित्व भएको बताए । 

उनले भने, ‘नेपाललाई संकट पर्दा त्यो संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नै हो । हाम्रो चुनौती भनेको के हो भन्दा हाम्रो संस्थापक नेताहरु देखि लिएर नेतृत्व गर्ने नेताहरुले जनताको अधिकारको लागि जीवन त्याग गर्नु भयो अब हाम्रो दायित्व के हो त भन्दा त्यो प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु हो ।’ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।