सचिनको निधनको खबरले धेरै दुःखी छु: प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर परेको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्ने पाठ सबैलाई दिएको छ।’

प्रधानमन्त्री ओलीले बाल गायक सचिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजमा यस्ता घटनाले कुनै पनि प्रतिभावान व्यक्तिको जीवनमा असर नपारोस् भन्ने कामना गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।