डीआईजी कडायत र केसी एआईजीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकद्वय कुबेर कडायत र रवीन्द्र केसी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बुधबार साँझ बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले जानकारी दिए। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभागका प्रमुख भरतबहादुर बोहरा अवकास भएपछि दुई एआईजीको पद रिक्त भएको थियो। 

उनीहरु दुवै जना कडायत र केसीकै ब्याची हुन्। तर उमेर हदका कारण अनिवार्य अवकास भएका हुन्। 

एआईजीको प्रतिस्पर्धामा कर्णाली प्रदेश प्रहरी प्रमुख जनक भट्टराई पनि थिए। तर बढुवा समितिले बरियता अनुसार सिफारिस गर्दा उनी भने छुटेका हुन्। 

भट्टराई अब डीआईजीबाटै अवकास हुने भएका छन्। अब चैतसम्म एआईजीको दरबन्दी खालि हुनेछैन। भट्टराई पनि आगामी चैत ५ गते आईजीपी वसन्त बहादुर कुंवरसँगै ३० वर्षे सेवा अवधिका कारण अवकास हुनेछन्। 

कडायत र केसी एआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी रिक्त भएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।