कांग्रेसको उद्योग विभागमा दश सदस्य मनोनीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन्।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज (मंगलबार) उनले मनोनयन गरेका हुन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुव खड्का (काठमाडौं), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं) लाई मनोनयन गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।