काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
आइतबार राष्ट्रपति पौडेलले गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।
उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।
अध्यादेशमा बचतकर्ताको रकम फिर्तालाई प्राथमिकतामा राखिएको छ ।
Comment