कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा १० सदस्य मनोनयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गरेका हुन्।

सभापति देउवाले प्रा. विनय कुसियत (धनुषा), प्रा. डा. रश्मी राजभण्डारी (काठमाडौँ), डा. सुदन ओली (रोल्पा), डा. ईशा घर्ती (लमजुङ), डा. रेवतबहादुर कार्की (ओखलढुङ्गा), डा. प्रताप छत्कुली (धादिङ), डा. राजेन्द्रवीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर)लाई सदस्यमा मनोनयन गरेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।