नेको इन्स्योरेन्सले पायो हकप्रद जारी गर्न बोर्डबाट अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेको इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न पुस ९ गते स्वीकृति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

नेकोको हाल चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।