बाबु र भाइको हत्या गरेर फरार मिलनले गरे आत्मसमर्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोरा मिलन आचार्यले प्रहरी पुगेर आत्मसमर्पण गरेका छन्।

खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्क विहीन थिए। उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो।

डेराबाट सम्पर्क विहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका छन्। उनी काठमाडौंको महाराजगञ्ज स्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले मिलनले हत्या गरेको स्वीकार समेत गरेको बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।