रवि लामिछाने राज्य व्यवस्था समितिबाट निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट निलम्बित भएका छन्।

सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका हुन।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबरको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।

लामिछानेको निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।