रविको सांसद पद निलम्बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् ।

संघीय संसद सचिवालयले सोमबार साँझ उनी निलम्बनमा परेको सूचना जारी गरेको छ । सचिवालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएकाले सो प्रकरणमा मुद्दा दर्ता हुना साथ त्यसको किनारा नलागेसम्म उनी निलम्बनमा हुने जनाएको छ । 

लामिछाने २ कात्तिकमा पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारकी वकिल कार्यालयले आइतबार उनीविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । सो मुद्दा दायर भएको सूचना सभामुखलाई दिइएपछि सोमबार संसद सचिवालयले उनी निलम्बनमा परेको जनाएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।