जनकपुरधाममा अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढि प्रगाढ बनाउने उद्देश्यले जनकपुरमा आयोजना गरिएको रामायण कन्क्लेव सम्पन्न भएको छ।

हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरधामका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुरधाम र अयोध्याबीच सांस्कृतिक सम्बन्ध रहेको छ। सोही सम्बन्धलाई पुनर्ताजगी दिन र अझ बढी बलियो बनाउने उद्देश्यले दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण कन्क्लेवको आयोजना गरिएको थियो। 

भारतको उत्तर प्रदेश पर्यटन विभाग, अन्तर्राष्ट्रय रामायण एवं वैदिक शोध संस्थान, अयोध्या (संस्कृति विभाग, उत्तर प्रदेश) तथा जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा रामायण कन्क्लेवको आयोजना गरिएको थियो।

रामायण कन्क्लेवको पहिलो सत्रमा रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले रामायणकालदेखि जुडेको सांस्कृतिक सम्बन्धका विषयमा चर्चापरिचर्चा गरेका थिए।

काँन्क्लेवमा रामायणको झझल्को दिने तथा भारत नेपाल बिचको लोक सांस्कृति नृत्यहरु प्रर्दशन गरिएको थियो । जसमा भारत र नेपालका कलाकारहरुले प्रस्तुती देखाएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।