ईश्वर थोकरका तीन कविता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरो बाल्यकाल

क्याफे न्यातापोल

सामुन्ने

एउटा बूढो किलामा

स्कुल बस

नआउञ्जेलसम्म

झुन्ड्याइरहन्थेँ– रातो तुम्लेट !

जब, बस आउँथ्यो

स्कुल बस

खोलेर सुटुक्क सुकुलढोका

र, लगत्तै

गुड्थेँ

सिङ्गो बाल्यकाल बोकेर …

सम्बोधन

तिमी तिम्रो सुन्दर आँखालाई मिखा भन्छ्यौ

म मि भन्छु

तिमी तिम्रो प्यारो गाउँलाई ख्वप भन्छ्यौ

म खोपोङ भन्छु

तिम्रो मिखा र मेरो मिमा म अन्तर देख्दिनँ

मेरो खोपोङ र तिम्रो ख्वपमा म फरक भेट्दिनँ

त्यसैले प्रिय,

कहिले म तिमीलाई मैच्याङ भनुँला

कहिले मयजु !

दादा, खेल्न नजाने ?

टौमढीको एउटा बार्दलीमा

होमवर्क

सकिसकेपछि

मछेउ आएर

सोध्ने गर्थिन् प्लिक्सी– “दादा, खेल्न नजाने ?”

उनी बितेको

वर्षौँवर्षपछि आज

टौमढी पुग्दा

उनले छाडेर गएका– तेलकासा

मसँगै गाएका– राजमती कुमती

र, उनको प्रार्थना सम्झैँ

पुनः सम्झैँ– “दादा, खेल्न नजाने ?”

  • कवि : ईश्वर थोकर

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।