दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो ।  

बुधवार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो ।  

अदालत परिसरबाटै पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेको थियो । सोपछि प्रसाईंका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका  थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।