तारकेश्वरमा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । तारकेश्वर नगरपालिकामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आजबाट औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन नगरप्रमुख कृष्णहरि महर्जनले एक विशेष समारोहका बीच गर्नु भयो।
प्रतियोगिता मंसिर १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने छ। आयोजक समितिका अनुसार, प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ।
खेलकुद मार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यो प्रतियोगिता नगरपालिकाको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत पर्छ।
उद्घाटन समारोहमा नगर प्रमुख महर्जनले विद्यार्थीहरूलाई खेलकुदमा निरन्तर लागिरहन प्रोत्साहन दिँदै, यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र समावेशी विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।