कस्तो रहला आज देशभरको मौसम?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

यतिबेला (शनिबार बिहान) देशभरको मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ। 

 आइतबार पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

सोमबार भने गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बिहानको समयमा तराई तथा उपत्य क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।