सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्यमा आज व्यापक वृद्धि भएको छ। आज सुन तोलामा दुई हजार एक सय रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५२ हजार दुईसय रुपैयाँ पुगेको छ।

हिजो तोलामा चारसय रुपैयाँ बढेको सुन आज २१ सय रुपैयाँ बढेको हो। हिजो सुनको मूल्य एक लाख ५० हजार एकसय रुपैयाँ थियो। 

अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि ६० रुपैयाँ बढेको छ। हिजो प्रतितोला एक हजार आठसय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँ पुगेको छ। 

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।